खुल्ला आकाश



  • यात्री शेखर
खुल्ला आकाश जूनतारा, गीतको लागि भाका होला ।
लाली गुराँस फुलिरहने, नवै रंगका पाखा होला ।

प्रकृतिको सिर्जनामा, सबै दङ्ग मख्ख पर्छन् ,
प्रकृतिकै उपहार हाम्ले साथ पा'का होला ।


हात भए साथ हुन्छ, भावना त हो नि सानु
भेट गर्न हामी पनि, त्यसैले त धा'का होला ।

उचाइमा पुग्छन् सबै, नसोचेकै साथहरु,
आपसमा हराएर हाम्ले माया ला'का होला ।

केही थे'न हिजोसम्म, एक अर्कामा लिनु-दिनु,
अब सधै भेट्न पर्ने किन यस्तो भा'का होला ।

विचित्रको संसारका, छुट्टाछुट्टै दुई मन,
एकै हलमा नारेर, कस्ले यस्तो दा'का होला ।

मनभित्रका लहरहरु, आयात-निर्यात गरिरहुँ ,
चेक अनि भन्सार छैन, हाम्लाई खुल्ला नाका होला ।


0 comments:

Post a Comment

Send me comment for make strong to this blog....



 

All-In-One Copyright © 2010 Premium Wordpress Themes | Website Templates | Blog Templates Designed by Lasantha