दुई किनार


उँधोमुन्टो लाएर भौँतारिरहेको पात्र १ लाई देखेर पात्र २ मुस्कुरायो । त्यो व्यङ्ग्य वा स्वागत के हो ? अन्योलमा पर्यो पात्र १ ।
शङ्का प्रथम- तिम्री स्वास्नी पोइला गई ?
शङ्का द्वितीय- तिम्रो  सम्पत्ति चोरियो ?
शङ्का तृतीय- तिम्रा बाबुआमा कोही मरे ?

शङ्का चतुर्थ- तिम्रो छोरालाई कसैले अपहरण गर्यो ? किनकि यो बालक अपहरण हुने युग हो । प्रश्नको औचित्य पुष्टि गर्ने प्रयत्न गरियो ।
 सुब्बा कृष्णलाल अधिकारी, कृष्णसेन इच्छुकहरू घुइघुइती घुम्न थाले पात्रको खोपडीभित्र  ।
पात्र  २ को टाउकोभित्र संस्मरणका हूलहरूले जुलुस गर्न थाले ।
स्मरण १- सुन्तलीको भट्टी सम्झियो ।
स्मरण २ -वेश्यासँगको सहवास सम्झियो ।
स्मरण ३-भ्रष्टाचार गरी कुम्ल्याएको सम्पत्ति सम्झियो ।
संस्मरण ४- बीच चोकमा ठडिएको आफ्नो भव्य महल सम्झियो ।
पात्र १ र पात्र २ एक-आपसमा छुट्टएिर आ-आफ्नो गन्तव्यतिर लम्किए । यात्राभर पात्र १ ले सम्झियो -
-जनआन्दोलन
-जनयुद्ध
-सहिद
-कर्फ्यु
-कारावास
-घाइते योद्धा
-घेराबन्दी
-आक्रमण-प्रत्याक्रमण
पात्र १ को यात्रा चोकमा पुगेर टुङ्गयिो जहाँ सहिदको सालिक ठडिएको थियो । पात्रले चोकको सालिक छेउ उभिएर चारैतिर आँखा घुमायो ।
 समयको पासा पल्टिएको थियो-
 चोक अगाडि उभिएको सुन्तलीको भट्टी अगाडि पात्र २ नशामा झुलेर तथानाम कराउँदै थियो ।
 ती शब्दहरूमा पात्र १ ले पात्र २ को चित्कार सुन्यो, अरण्य रोदन सुन्यो, अपराधबोधको मर्म सुन्यो ।
 छेउको सहिदको सालिक पात्र २ तिर हेर्दै हाँस्दै थियो, उपहासको हाँसो ।
 पात्र १ सहिदको सलाम गरेर फर्कियो पात्र २ को छेवै भएर ।


0 comments:

Post a Comment

Send me comment for make strong to this blog....



 

All-In-One Copyright © 2010 Premium Wordpress Themes | Website Templates | Blog Templates Designed by Lasantha