गाउँ खाने कथा


नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज
गाउँ खाने कथा नेपाली जनजीभ्रोमा चलि आएको ज्ञानगुन सम्बन्धी रमाइलो खेल (fun game) हो। यो सुन्दाखेरी लय मिल्ने खालको हुन्छ। गाउँ खाने कथाको जवाफ दिन नसक्नेले सोध्नेलाई गाउँ दिनुपर्छ। त्यो गाउँको राम्रो कुरा आफ्नो र नराम्रो कुरा कथा भन्नेको भाग लगाएपछि सोध्ने मानिसले प्रश्नको उत्तर दिने प्रचलन रहेको छ।

[परिवर्तन्] केही प्रचलित गाउँ खाने कथाहरू

  • अकासको आगो पतालको पानी मुख बाट ताने नाक बाट जाने = हुक्का तानेको।
  • अजङ्गे बाबु, बझाङे छोरो, कालो नाती सेतो पनाति = कटुसको फल।
  • आमा छाद्छे, छोरी खान्छे-गाग्रीबाट लोटामा पानी सारेको।
  • एक खुट्टे धामी थरथरी कामी-जूको।
  • खाउँ रोटी खाइ नसक्नु, दाउँ बहर दाई नसक्नु, टेकौं लौरो टेकिनसक्नु, -घाम, बाघ र सर्प।
  • तीन भाइको एउटै पगरी-ओदान।
  • धार्नी न बिसौली दुई हातले उचाली-टोपी।
  • नखाउँ भने दिनभरको सिकार खाउँ भने कान्छा बाउको अनुहार = बाँदरको सिकार।
  • नाङ्लो भरी सुपारी, गन्नै नजान्ने व्यापारी = जून र तारा।
  • बीस तत्त्व एउटै घाउ यति कथा नजाने मुसा पोली खाऊ-गोरू जोतेको।
  • भुईंमा इऊँ इऊँ टिपी ल्याउनेलाई सय रूपियाँ दिऊँ-छायाँ।
  • लिखितिखी लिखितिखी आमा भन्दा छोरी तिखी-जीरे खुर्सानी।
  • लेककी चरी औलामा झरी च्यापमा परी भुतुक्कै मरी-जुम्रा मारेको।
  • वरपर गुट्टी माझमा घ्वाईं, यति कथा नजान्ने स्यालको ज्वाईं। के हो? = दाँत र जीभ्रो।
  • वारी भर्याीङ पारी भरया ङ तेरो बाउको लुते करङ-बाँसको फड्के (पूल)।
  • सेती गाई पानी खान गई फर्केर आउँदा राती भई = सेलरोटी पकाएको।
  • सेतो मान्द्रो कालो बिस्कुन मुखबाट तान्दा नाकबाट निस्कुन् = चुरोट खाएको।
  • हस्तबीरले सिंगबीरलाई पछार्योु-सिँगान फ्याँकेको।
  • तामे नल फलामे फल के हो? = फापर
  • चाँदीको ठेकी सेउलाको बिर्को = मूला


0 comments:

Post a Comment

Send me comment for make strong to this blog....



 

All-In-One Copyright © 2010 Premium Wordpress Themes | Website Templates | Blog Templates Designed by Lasantha