उपत्यकामा धेरै द्वार छन् । ठाउँठाउँमा, टोलटोलमा कलात्मक, बढे ढुङ्गाका द्वार भएर भित्र-बाहिर गरिरहेछन् खचाखच मानिसहरू । द्वारमध्ये एउटा द्वारबाट सेतो पहिरनमा एउटी महिला निस्किन्छिन् । दिनदिनै समाजसेवामा जान्छिन् । अस्पताल पुगेपछि कसलाई आवश्यक परेको छ, सकेसम्म मिलाइदिन्थिन् ।
सपाङ्ग, आकारप्रकार सबै, बोलिवचन त्यस्तै, मान्छेलाई सजिलै, तुरुन्तै प्रभाव पार्न सक्ने क्षमता छँदैछ अझै ती नारीमा । सारी लगाएको असाध्यै सुहाउने प्रेमिलालाई । पाइन्ट र कुर्तामा अलि भद्दा देखिन्थ्यो- त्यतिखेर पनि । कुनैबेला बाक्ली, मोटी हिरोइन कति राम्री भनेर मीनाकुमारीलाई, अहो ! वाहवाह, कहलिएकी नै थिइन् । स्लिम हुने अहिलेका नारीको कुरा होइन यो । बीस/पच्चीस वर्ष अगाडिदेखि नै नेपाली मीनाकुमारी भन्दै हेर्नेहरू अघिपछि, वरपर देखिन्थे, झुत्तिन्थे ।
यो नगरको खास विकास-विस्तार नहुँदै द्वारनजिकै घर बनाइदिएको थियो उनको लोग्नेले । प्रेमिलाको पनि दोस्ती लोग्ने, उनी अझै पनि दोस्री स्वास्नी, बिहे गरिरहनु परेन । जाने र ल्याउने सहमति भएपछि कतै अन्तै बस्दै आएका थिए । घर बनाएपछि भित्रिएका हुन्, यो द्वारभित्र । हुन त उनको घर पहिले बन्यो कि यो द्वार पहिले बन्यो, खोजसोध गर्नैपर्छ तर मानिसहरू भने उनी निस्किने ठीक समय पारेर त्यही द्वारमा बढी झुत्तिन्थे । त्यही द्वार नजिक रोकिने बस ट्याम्पो, ट्याक्सी र पछिपछि त निजी गाडीमा राखेर कसैले पुर्याइदिन्थ्यो- समाजसेवा गर्ने स्थलसम्म ।
एकाएक एकदिन पुस्तक विमोचनको निम्तो हातहातमा पर्यो । मुलुकमा बहुदलीय प्रजातन्त्र आएपछि पुस्तक निकाल्ने र विमोचन गर्ने क्रियाकलाप पनि हृवात्तै बढेको थियो । त्यसबेलाका सर्वोच्च नेताको हातबाट तीन युवाले आफ्ना संयुक्त पुस्तक विमोचन गराएका थिए । त्यसको लगत्तै ती तीनमध्ये एक युवाले प्रेमिलाको नाममा पुस्तक लेख्ने, छाप्ने र विमोचन गर्ने काम पाएका रहेछन् । एकैसाथ चार थान पुस्तकको विमोचनपछि वितरण र त्यही स्तरको चर्चा भएको थियो । पुस्तक लेखक भएर सार्वजनिक हुँदा सेतो सारी लगाउन छोडिसकेको थिइन् र समाजसेवाको त्यो काम पनि त्यागिसकेकी थिइन्- प्रेमिलाले । धेरैथरिका काम र सेवापछि त्यो सेवाको काम थालेकी थिइन, त्यो पनि बुझेपछि अरू नै केही सुरु गरेकी थिइन् । यो पुस्तक लेख्ने छाप्ने, चर्चा गर्ने काम पनि कसैले उक्साएपछि मात्रै थालेकी थिइन्- प्रेमिलाले । कतिपय कवि, लेखक, पत्रकारहरू कुनै महिलाको सौन्दर्यमा आशक्त भएर रचना बनाउँछन् भने कतिचाहिँ त्यस्ता फुर्सदिला महिलालाई अरूबाट लेखाएर वा आफैँले लेखिदिएर कवयित्री, कथाकार, गजलकार, मुक्तककार नै बनाइदिन्छन् ।
जनसम्पर्क बढाउँदै लगेपछि प्रेमिला कविता, कथा लेख्ने, सम्पादन गर्ने, प्रकाशन गर्ने दाजुभाइहरूसँग पनि उत्तिकै उठबस गर्न थालिन् । चौबीस घण्टाको समयमा कति समय लोग्नेलाई दिने, कति व्यापारी साहू महाजनलाई, कति समय प्रशासक, सरसाहेबहरूलाई र कति समय समाजका अन्य तथाकथित चल्तापूर्जा, नेता, अभिनेतालाई दिने, सबै मिलाउन सफल हुँदै गइन् । कवि/लेखकको सङ्गत बढेपछि र स्रष्टा हुनुमा पनि आत्मगौरव अनुभूत गर्न थालेपछि प्रेमिलाले पुस्तकमा आफ्ना किसिमकिसिमका फोटोहरू छाप्ने नै निर्णय गरेकी थिइन् । चार थान पुस्तकमा कैयौँ आकारप्रकारका तस्बिरहरू, अगाडि पछाडि, भित्र जताततै, मानौँ पाठक पढेर होइन, तस्बिरहरू हेरेर, हेरिरहेर धेरै समयसम्म पुस्तकको सम्झना र प्रशंसा गरिरहुन् भन्ने मनसाय देखिन्थ्यो- प्रेमिलाको वा उनका सहयोगीहरूको ।
कहिलेकाहीँ आउने लोग्नेले एउटा गाडीबाट एक दर्जन गाडी पुर्याइसकेको थियो । आफैँ गाडीको मालिक हो ड्राइभर नै भन्ने थाहा पाएपछि प्रेममा चुर्लुम्म डुबेकी थिइन् प्रेमिला-त्यतिखेर । जाँदा-आउँदा प्रेमले नुहाएर सिङ्गारेर पठाउने गर्थिन् । केही महिनापछि त ड्राइभरले 'लान्छु' भन्यो । बिहे गरेकी, लोग्नेले छोडिसकेको थियो । प्रेमिलाले पनि 'हुन्छ' भनेकी थिइन्-खुसीसाथ । अनि त ड्राइभरले अघिल्लो सिटमा राखेर क्षणक्षणमा हेर्दै हाँस्दै उपत्यका भित्र्याएको थियो- गाडी, प्रेमिला र आफूलाई । घरमा स्वास्नी, छोराछोरी भएकाले बाहिर कोठा लिएर राखेको थियो- गाडी मालिकसहितको त्यो ड्राइभरले ।
केही वर्ष बित्दा नबित्दै गाडीहरू अझ बढ्दै गए । प्रेमिलाको व्यवहारमा जो कोही यसरी लठ्ठन्िथ्यो कि धनाढ्यहरू कतिले त उनको अनुहार, बोलीवचन, शरीर नहेरी चित्त बुझाउँनै सक्दैन्थे । अनि त स्वतः गाडीहरू थपिंदै गए । केही गाडी आफ्नै स्वामित्वमा थिए प्रेमिलाको । घर पनि त उनकै नाममा छुट्टै बनाइदिएको हो- लोग्नेले । कहिलेकाहीँ मात्रै आउने लोग्ने तर प्रेमिलाको भने ठूलो जालो फैलिसकेको थियो- जनसम्पर्कको । समय लिएर मिलाएर आउनुपथ्र्यो, प्रेमिलालाई भेट्न जो कोही । 'लोग्ने' भनाउँदो पनि फोन गरेर मात्रै आउँथ्यो । बढी शक्ति र अर्थ खेलाउनेले नै धेरै समय पाउँथे । केही वर्ष बित्दा नबित्दै धान्नै नसकिने जनसम्पर्क बढेपछि गाउँबाट चेलीहरू झिकाउन बाध्य भएकी थिइन् प्रेमिला । अनि त जो कोहीलाई अलमल्याउन सजिलो भएको थियो- प्रेमिलालाई । जसले जस्तो भन्यो त्यस्तै छनोट गर्न पाएपछि प्रेमिलाको कमाइ पनि आकासियो । चेलीहरू पनि दङ्ग, आगन्तुकहरू पनि सन्तुष्टस्कुटर छोडेर गाडी चढ्ने भइन् प्रेमिला । घरजग्गा ठाउँठाउँमा, गाडी पनि फेरेरै चढ्ने भइन् ।
पत्रकार, स्तम्भकारले जताततै छाप्न थाले प्रेमिलाको तस्बिरव्यक्तित्व, कृतित्वको चर्चा चलिरहृयो । पुस्तकहरू एकसाथ चारचार किसिमका सार्वजनिक हुँदै गए । अध्यक्ष, जिएमसँग नगरकोट, दार्जीलिङ घुम्न गएपछि नाम चलेका प्रतिष्ठान, प्रकाशनबाट पनि प्रेमिलाका कृतिहरू निस्किन थाले । सम्मान, अभिनन्दन गर्ने कर्मीहरू पालो कुर्न लागे । दुई, चार, पाँच, दस हजार बुझेर जो कोहीले तस्बिर छाप्ने, प्रशंसा लेख्ने र सम्मान अभिनन्दन गर्ने लामो परम्परा बस्यो । जताततै आफू फैलिएको निकै प्रसिद्ध भएको, अरू त्यस्ता कोही नभएको देखेर प्रेमिला भने भित्रभित्रै रणभुल्लमा परेकी थिइन् । पाँस-सात कक्षाभन्दा नपढेकी स्वअध्ययन पनि पटक्कै नगर्ने भएकीले अब केके हुने हो, कहिले त बेचैन, छट्पटी नै हुन्थ्यो, प्रेमिलालाई । एकाध पेग हृविस्की घुट्काएर नाच्ने, उन्मुक्त हुने पनि गर्थिन्, बेला-कुबेला । कुनै पनि महिला स्रष्टा, सीता, भृकुटी, नेत्री, अभिनेत्री, महारानी, वीरङ्गनाभन्दा प्रेमिला कता हो कता माथिकी नारी भनेर पुस्तिका, जीवनी पनि छापिए । नेपाली भाषाभाषी छरिएका ठाउँसम्म उनका पुस्तक, पर्चा, पोष्टर, तस्बिर क्यालेन्डर, जहाँ कहीँ पुग्न थाल्यो । प्रेमिला पुस्तकालय, स्कुल, कलेज, मार्ग, चौतारी बन्न थाले । सिनेमा त पहिल्यै बनिसकेको थियो, उनको । सामाजिक, सङ्घ, संस्था, परिषद् समाज पनि उत्तिकै खुल्दै गए । सहर, गाउँ, टोल, जिल्लाका कतिपय कार्यक्रम, समारोह, गोष्ठीको सभापति, प्रमुख अतिथि हुन पनि उत्तिकै समय दिन पर्यो, प्रेमिलाले । भित्रभित्रै फोनमा कतिको काम पनि गरिदिनुपर्ने उनले नै ।
प्रेमिलद्वार भीत्रको नगरमा मात्र होइन सिङ्गो समाजमा, देशमा नै नभएको विचित्रको 'नारी पात्र' कहलिइन्, प्रेमिला ।
-शान्तिनगर, काठमाडौँ-३

0 comments:
Post a Comment
Send me comment for make strong to this blog....