आज बिहानैदेखि अस्पतालको चहलपहलै अर्कै थियो । सबै जना व्यस्त थिए- तलमाथि गर्दै र भित्र-बाहिर गर्दैमा । म सुतेको कोठामा पनि डाक्टर र नर्सहरू साथै कहिलै नदेखिएका अनुहारहरू, अपरिचितहरू आइरहे-गइरहे ।
त्यो दिन दूधको स्वाद पनि नौलो थियो । दूध पनि बाक्लो । तरैतरले ढाकेकोजस्तो । विष्कुट पनि आकारमा ठूल्ठूला र सङ्ख्यामा हिजो अस्तिको भन्दा दोब्बर थियो । दूध पिउन भ्याएको थिइनँ । बिस्कुट चपाएर निल्नै पाएको थिइनँ । तातो पानीले भरिएको बाल्टिन लिएर अगाडि उभिएकी नर्सले भनिन्- "बिरामी मान्छे फोहरी भएर बस्नु हुँदैन, बरोबर नुहाउनु पर्दछ ।"
मलाई अचम्म लाग्यो । कानले पनि केके सुन्नुपर्दोरहेछ भनेजस्तो लाग्यो । सूर्य पूर्वबाट उदाएको हो कि पश्चिमबाट- निर्क्योल गर्न पनि गाह्रो भइरहेको थियो । त्यसैले कोठाको चारैतिर हेरेँ । सबै आ-आफ्ना ठाउँमा पहिलेजस्तै थिए । मैले आफ्नो बेड नियालेँ । बेड जहाँको त्यहीँ थियो । अगाडि हेरेँ । अगाडिको बेडमा त्यही बिरामी हिजोअस्तिजस्तै निस्तेज अनुहार लिएर अडेस लाएर बसिरहेको थियो । बिहानको न्यानो घाम पूर्वको झ्यालबाटै पसिरहेको थियो । मेरो भ्रम निवारण भयो- "सूर्य पश्चिमबाट होइन, पूर्वबाटै उदाएको थियो । दृष्टि दोष पटक्कै होइन ।"
बिहानदेखि अस्पतालमा चहलपहल निकै बढिसकेको थियो । सुकिला लुगा लगाएकाहरू, चहकिला अनुहार बोकेकाहरू, फरासिला धेरै स्त्री-पुरुषहरू ओहोर-दोहार गरिरहे । सबै उत्सुक र चनाखा थिए ।
मेरो मनमा अनेक कुरा खेल्न थाले- "यी ठूलामान्छेहरू सधैँ किन अस्पताल आउँदैनन् ? सधैँ नभए पनि बरोबर मात्र आउने जाने गरेको भए वा ठूलोमान्छे अस्पतालको दायाँबायाँ बसेर अस्पतालको क्रियाकलाप नियालिरहेको आभाष सबैका मन-मस्तिष्कमा पार्न सके मैले दूधको स्वाद, बिस्कूटको आकार-प्रकार र सङ्ख्यामा फरक पाउनुपर्ने थिएन । सबैले आ-आफ्ना दायित्वबोध गरे सूर्य कुन दिशाबाट उदायो भनेर भ्रममा पर्नुपर्ने थिएन ।"
मेरो मनमा थरीथरीका कुरा खेल्दै थिए । त्यसैबेला ठूलोमान्छे गलाभरि माला लाएर मेरै कोठामा पसे ।
-कमलविनायक, भक्तपुर-४

0 comments:
Post a Comment
Send me comment for make strong to this blog....